काठमाडौँ । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५र०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।

त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ । त्यस्तै यस आर्थिक बर्षको साउनदेखि कात्तिक महिनासम्म ४ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपुरमा ५ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् भने बालयौन दुव्र्यवहारका एउटा र महिलामाथि हुने अभद्र व्यवहारका घटनालाई लिएर १२ वटा घटनाका उजुरी आएको जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला सेलको तथ्याकमा देखिएको छ।

त्यसैगरी जिल्ला अदालत नवलपुरमा पछिल्लो ९ महिनाको तथ्यांक हेर्ने हो भने पनि जबरजस्ती करणीका घटनाको रुप विकराल देखिन्छ । जिल्ला अदालत नवलपुरमा गत २०७५ माघ १७ गतेदेखि २०७६ मंसिर १२ गतेसम्म १४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका जिल्ला अदालत नवलपुरका सूचना अधिकारी दुर्गाबहादुर कार्कीले बताए।

पश्चिम नवलपरासीमा एक बर्षमा २७ जना बलात्कारको सिकार

पश्चिम नवलपरासीमा गत एक बर्षमा २७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५र०७६ मा २७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।

त्यसैगरी ७ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने ४ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । त्यसैगरी ११ महिला मानववेचविखनका सिकार भएका छन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया