उदयपुर / उदयपुरभर्‍याङमा बाट लडेर एक जनाको मृत्यु भएकाे छ । उदयपुरको बेलका नगरपालिका-३ रातापानी सालबारीमा भर्‍यङबाट लडेर १ जनाको मृत्यु भएको हाे । गत बिहिबार राती १२ बजेको समयमा आफ्नै घरको भर्‍याङबाट लडेर २७ बर्षिय जितेन्द्र चाम्लिंग राई गम्भिर घाईते भएका थिए । घाईतेको उपचारको क्रममा आज बिहानको राती २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया