नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज याम कुमार गिरी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गिरीलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीमाथि झापाको बिर्तामोडस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको आरोप छ ।

पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया