बाँकेको कोहलपुरमा दिउसो तीन वजे देखि करफ्यु लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको हो । कोहलपुर क्षेत्रमा प्रहरीले माईकिङ गरेर आफ्नो गन्तब्यमा जान सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानिय सर्वसाधारणलाई माईकिङ गरेर सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिरबहादुर वलीले कोहलपुरको शुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै कर्फ्यु जारी गरिएको बताए । स्थानिय प्रशासनले कोहलपुर वजार क्षेत्रमा अनिश्चितकाल सम्मका लागि कर्फ्यु जारी गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आ ग जनी गरीएको छ । प्रदर्शनकारीहरुले प्रहरी कार्यालयको कम्पाउण्ड भित्र रहेको क्यान्टीनमा आ ग जनी गरेका हुन् । प्रहरी कार्यालय तो ड फो ड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित घोषणा गरेको छ । कोहलपुरमा आइतवार विहान ट्रकले एक स्कुले विद्यार्थीलाई ठ क्कर दिएपछि माहोल बिग्रिएको छ ।

आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रकले ठ क्कर दिएको हो । अवस्था बिग्रिए पछि प्रहरीले दर्जनौं अ श्रुग्यास हा नेको छ । ह वाई फा यर समेत गरेको छ । कोहलपुर र णभूमीमा परिणत भएजस्तो देखिएको छ । घाइते बालिकाके नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया