काठमाडौं / प्रेमीलाई अन्तिमपटक भेट्न बोलाएर  एक युवतीले प्रेमीको लिङ्ग छेदन गरिदिएको खबर छ । थिङ थरकी युवतीले सुनुवार थरका युवाको लिङ्ग छेदन गरिदिएकी हुन् ।

प्रेमिकाले लिङ्ग छेदन गरीदिएपछि सख्त घाइते युवाको ओम अस्पतालको आईसीयुमा उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार दुवैजना बौद्धस्थित होटल हायतमा कार्यरत रहेको र उनीहरु प्रेममा थिए । तर, केटा क्रिश्चियन र केटी बुद्ध धर्मालम्बी भएकाले विवाह नहुने भएपछि केही समयदेखि उनीहरुको ब्रेकअप थियो ।

तर, सोमबार अन्तिमपटक भन्दै कोठामा भेट्न बोलाएर ती युवतीले लिङ्ग छेदन गरिदिएकी हुन् । प्रयुवकको लिङ्ग आधा काटिएको छ भने युवतीको हातमा चोट लागेको घटनामा प्रयोग भएको चक्कु सहित प्रहरीले ती युवतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया