वीरगञ्ज / वीरगञ्जमा आमा–छोरीको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षकी महिला र उनको अन्दाजी २ वर्षकी छोरीको शव फेला परेको बताइएकाे छ । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो ।

घरधनीले कोठाबाट गन्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदेखि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको शव गन्हाएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएकाे छ । प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ ।

तपाईको प्रतिक्रिया