इटहरी / निर्माणाधिन ६ लेन सडक तरहरा र इटहरीमा बराबर हुनुपर्ने माग गर्दै धर्ना दिइएको हो ।

बिहान ११ बजे देखि ११ः३० सम्म दैनिक आधा घण्टा धर्ना दिइने सडक निर्माण संघर्ष समितीका संयोजक मदन चुडालले बताएका छन् । यसअघि चुडालकै नेतृत्वमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाइएको थियो ।

त्यस्तै नेकपा नेता होमनाथ धमलाले सडक विस्तारमा कोहि बाधक बन्न नहुने बताए । धर्ना कार्यक्रममा बोल्दै धमलाले भने इटहरी चौक र तरहरामा फरक हुनु भएन । एकै मापदण्डमा सडक बन्नु पर्छ हाम्रो माग यो मात्र हो उनले भने । सडक विस्तार आयोजनाको कमजोरीको कारण पनि सडक एकै मापदण्डमा नबनेको उनको आरोप थियो ।

रानी विराटनगर इटहरी धरान सडक खण्ड सर्घष समितिका संयोजक मदन चुडालले आयोजनाको वेवस्ताको कारण पनि काम नभएको बताए । सम्बन्धीत निकाय सँग छलफल सम्म नगरी डिपिआर अनुसार काम नगरेको भन्दै आयोजना प्रमुखलाई कार्वार्ही हुनु पर्ने बताए । आयोजना प्रमुखको चरम लापरवार्हीको कारण हाईवे सडक अस्तब्यस्त बन्दै गएको चुडालको भनाई छ ।

 

तपाईको प्रतिक्रिया