झापा / झापामा  २ बर्षिय बालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।  दमक नगरपालिका १ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेकोअवस्थामा आफन्तले निजलाई फेला पारेपछी तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया