सर्लाही / नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ ।

भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ । सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

 

तपाईको प्रतिक्रिया