मोरङको बेलवारी नगरपालिका ५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ । बुधबार बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिका ५ रामपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो ।

निजकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिवकुमारी साहले दुवै छोराहरुलाई संगै लिई गएको र सानो छोरालाई भुईमा राखी ठुलो छोरालाई बसमा चढाएको तथा बस गुड्ने क्रममा भुईमा रहेको नावालकलाई बसले किच्चा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया