महाकाली नगरपालिका २ मा हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट र्घाते भएका छन् ।

घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

हात्तीको आक्रमण गर्दा त्रासका कारण केही व्यक्ति हराइरहेकाले उनीहरुको अहिले खोजी भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय खटिएका छन् । आक्रमण गर्ने ३ वटा हात्तीलाई बिहान लखेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।

तपाईको प्रतिक्रिया