विराटनगर ।  विराटनगरका  पर्शुराम बस्नेतलाई १ नम्बर प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको सदस्यसचिव बनाउने भएको छ । खेलकुदका कुनै पनि गतिबिधिमा संलग्न नभए पनि नेकपाका नेताहरूसँगको पहुँच र आर्थिक चलखेल गर्न सक्ने हैसियतका आधारमा बस्नेतलाई प्रदेश सरकारले सदस्य सचिव नियुक्त गर्न लागेको हो ।

नेताहरूको दबाब आएको भन्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले बस्नेतलाई सदस्य सचिव नियुक्ति गर्न लागेका हुन् । बस्नेतलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता महेश बस्नेतले सदस्य सचिव बनाउन दबाब दिएको सामाजिक मन्त्रालय स्रोतले बतायो । परिषदको सदस्य सचिवको लागि राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य किरण गिरी र मदन भण्डारी स्पोर्टस् एकेडेमीका प्रदेश अध्यक्ष सागर थापा प्रमुख दाबेदार थिए ।

पछिल्लो समयमा बस्नेतको चलखेलको कारण उनी सदस्यसचिव बन्ने निश्चितजस्तै देखिएको नेकपा निकट स्रोतले बताएको छ।प्रदेशका सामाजिक विकासमन्त्री घिमिरेले भने सदस्यसचिवबारे विभिन्न पात्रसँग छलफल भइरहेको भए पनि कुनै निर्णय नभएको बताए।

तपाईको प्रतिक्रिया