२८ मंसिर   बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुथान नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै नेपाली काँग्रेसले सदरमुकाम राजबिराजमा विरोध प्रदर्शन गरेको छ ।

सुनियोजित तरिकाले रचिएको षडन्त्रबारे सुक्ष्म अनुसन्धानै नगरी वडाध्यक्ष साहलाई झुठो मुदा लगाई प्रहरीले पक्राउ गरेको भन्दै काँग्रेसले विरोध प्रदर्शन गरेको हो । काँग्रेसले झुठा मुद्दा खारेज गरी वडाध्यक्ष साहलाई अविलम्व रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

स्थानीय ३५ बर्षिया एक महिलाले आफूलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी गत बुधबार विहान प्रहरीले साहलाई पक्राउ गरेको थियो । साहका रिहाईको माग राख्दै राजरंगशालाबाट निस्केको जुलुसमा प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गरिएको थियो ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाएका छन् । प्रतिसोधको भावनाले सुनियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाईएको उनीहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया