नगरमा मेयरको हावीे भन्दै वडा अध्यक्षले नगरसभा नै गरे बहिष्कार
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु अधिकारीले छैटौ नगरसभा बहिष्कार गरेका छन ।
मेयर निलम खनालले नजिकका मान्छेलाई हेरेर बजेट दिने गरेको, वडाहरुमा समानुपातिक बजेटको निकासा नगरेको, उनको घर धाएर चाकडी गर्नेलाई बजेट दिने गरेको भन्दै नगरसभा बहिष्कार गरेको अधिकारीले बताएका छन।
बुधबार भएको नगरसभाका लागि आफुले अगाडि नै आउन नसक्ने जानकारी दिएको उनले बताए । मेयर खनालले नगरपालिकाका ...











