विराटनगर, २८ कात्तिक । आफू र नाबालक छोराको बिचल्ली बनाएर श्रीमान वैदेशिक रोजगारीमा जान लागेको भन्दै एक विवाहित युवतीले त्यसमा रोक लगाइदिन आग्रह गरेकी छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन दाहाल पारिवारिक सल्लाह बिनानै दुवई जान लागेको भन्दै श्रीमती २३ वर्षीय दिप्ती सिलवाल (दाहाल)ले श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुगेर यस्तो आग्रह गर्नु भएको हो । श्रीमानको एयरपोर्ट रोक्काको माग गर्दै श्रम कार्यालयमा निवेदन पनि दिनु भएको छ । पारिवारिक सरसल्लाह बिना नै श्रीमान विदेश जान लागेकाले आफू र तीन वर्षको नाबालक छोराको विचल्ली हुने निवेदनमा खुलाइएको छ । दिप्ती र सचिवबीच पाँच वर्ष अघि प्रेम विवाह भएको हो । उनीहरुका तीन वर्षीय छोरा पनि छन् । श्रम कार्यालयमा भेटिएकी दिप्तीले पारिवारिक सल्लाह नगरिकन विदेश जान लागेको कुरा राहदानी बनाएर पेस गरेपछि मात्रै थाहा पाएको बताउनु भयो । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले विवाहित युवतीले दिएको निवेदनका आधारमा विदेश जान रोक लगाउँदै उनका श्रीमानको एयरपोर्ट रोक्का गरिएको बताउनु भयो । दुवै जना मिलेर आएमा र श्रीमती राजी भएका खण्डमा मात्रै सचिनलाई विदेश जान खुल्ला गर्न सकिने उहाँको भनाइ छ ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
बुढीगंगा–२ मा सडक पेटी अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम, नियम उल्लंघनमा कारबाही हुने
बुढीगंगा गाउँपालिका–२, विराट टिचिङ अस्पताल परिसर आसपासको क्षेत्रमा व्यापारिक गतिविधि र सवारी पार्किङका कारण सर्वसाधारणको...
“जेन्जी आन्दोलनले देश हल्लायो, बुढीगंगाले देखायो शान्तिको उदाहरण”
बुढीगंगा (मोरङ) — देशभर जेन्जी समूहको आन्दोलनका कारण अधिकांश स्थानीय तह र सरकारी कार्यालयहरूमा तोडफोड तथा अराजक गतिविधि ...
बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै
बुढीगंगा गाउँपालिकाको यस वर्षको सार्वजनीक सुनवाई कार्यक्रम असार २२ गते हुने भएको छ । बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग ...
मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा आगलागी
विराटनगर । मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा मंगलबार राति आगलागी भएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका...
सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी धम्की दिने विराटनगरका एक युवक पक्राउ
विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रय...
प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ
विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना सा...
















