गैर वित्तीय कारोबार गर्ने दुईजना सुन पसलेलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ स्थित कान्तिपुर गहना भण्डारका संञ्चालक शुबास श्रेष्ठ र दोर्ण श्रेष्ठ पक्राउ परेका हुन् । उनिहरुले गैर कानूनी तबरले करिब २० लाख नगद बचतकर्ताहरु माझ उठाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुबैजनाले बढी ब्याज दिने बाहानामा इटहरीका ६ जना मार्फत २० लाख छयालिस हजार नगद संकलन गरेका थिए ।
प्रहरीका अनुसार ६ जनाको तिन बर्षसम्म पनि नदिएपछि उनिहरु बिरुद्ध प्रहरीकहाँ जाहेरी परेको थियो ।
इटहरी ८ का मधुमाया कटुवालको ४ लाख ४६ हजार, मनिका कटुवालको ६ लाख ६० हजार, बराहक्षेत्र नगरपालिका २ बस्ने रञ्जिता कटुबालको ७० हजार, इटहरी ५ बस्ने तारा आर्चायको १ लाख, इटहरी ८ बस्ने कमला श्रेष्ठको २ लाख र मोरङ सुन्दरहरैचा ५ बस्ने लाल चन्द बस्नेतको ५ लाख २९ हजार पैसा फिर्ता नगरेको भन्दै प्रहरीमा जाहेरी दिइएको थियो ।
उनिहरुको पसहबाट पासबुक समेत बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका दुवैलाई ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।


















