विदेश गएको एउटा छोराको शव बाकसमा आयो, अर्को छोरो मृत्यूको मुखमा
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ साङबारीकी ६१ बर्षीय कुमारी गुरुङ । घरको आर्थिक अवस्था कमजोर भएपछि राजेगारीको खोजीमा जेठा छोरा रामबहादुर गुरुङ ११ बर्ष अघि मलेशिया हानिए । ४ बर्ष पछि भाई नेत्र बहादुर गुरुङलाई पनि उतै बोलाए । घरमा वृद्ध बाबु आमालाई बेला बेलामा फोन गर्दा दुवै भाइ घरमा आएर पक्की घर बनाउने र गाँउमै केहि गर्ने सुनाउँथे ।
तर एक वर्ष अघिबाट दुवै छोराको फोन आउन छोड्यो । छोर...






