धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन ।

काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवा र ८ जना युवती गरि १६ जना प्रतिष्पर्धीहरु थिए । धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुलले मिस्टर फोटोजेनिकको टाइटल समेत हात पारे

काठमाडौकी सिम्रन साबू र शिवम अग्रवालले फस्ट रनरअपको टाइटलसँगै ३० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् भने बिराटनगरकी सुनिता बर्मा र काठमाडौँका अजय खंडेलवालले सेकेन्ड रनर अपको टाइटल जिते । उनीहरुले २० हजार नगद र गिफ्ट ह्याम्पर पाए । पपुलर फेस अफ मारवाडीको टाइटल भने हर्सिता पंचारिया र निपेश जजोडियाले जिते ।
मारवाडी समुदायको युवा युवतीको व्यक्तिव विकास गरी मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उद्देश्यले पेज थ्री सर्भिसले कार्यक्रम आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया