अहिले विश्वभरी नै कोरोनाको संक्रमितहरु दिन प्रति दिन बढिरहेको अवस्था छ । जसले गर्दा विश्व आक्रन्त बनेको छ । कोरोनाको अत्ति संक्रमणको जोखिमबाट आफूलाई कसरी टाढा राख्न सकिन्छ । त्यसमा सबैले ध्यान दिनु पर्ने देखिन्छ । अहिले भारत लगायतका अन्य देशहरुबाट नेपाली नागरिकहरुलाई नेपाल फिर्ता ल्याइरहेको अवस्था छ । जसले गर्दा संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । विदेशबाट ल्याइएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । जसले गर्दा क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमित नभएकाहरुलाई पनि उच्च जोखिम रहेको पाइन्छ ।

क्वारेन्टाइनमा बसेका तथा राखिएका व्यक्तिहरु भाग्ने गरेको समाचारहरु आएका छन् । किन क्वारेन्टाइन बाट भागिरहेका छन् त यसमा सरकारको ध्यान जान सकिरहेको छैन । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले भोक मेटाउनका लागि समयमा खाना पाइरहेका छैनन र आराम गर्नका लागि राम्रो बेडको व्यवस्था नहँुदा उनीहरुले ज्यानको शुरक्षाका लागि पनि क्वारेन्टाइनबाट भाग्न बाध्य भएको पाइन्छ । क्वारेन्टाइन व्यवस्थित नहुँदा विभिन्न घटनाहरु पनि सुन्नमा आएका छन् जसमा कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्की स्थित सहिद स्मृति माविमा बनाइएको क्वारेन्टाइनमा बसेकी महिला त्यहिँ खटिएका स्वयंसेवीबाट बलात्कृत भएको भन्ने समाचाहरु आएका छन् । त्यस बाट प्रस्ट हुन्छ की क्वारेन्टाइनहरुमा शुरक्षाको व्यवस्था राम्रो व्यवस्थित छैनन् । तसर्थ कोरोनाका संक्रमणबाट बच्नका लागि बाहिरबाट आउका व्यक्तिहरुलाई राख्न का लागि बनाइएको क्वारेन्टाइन व्यवस्थित गर्न सरकारको तुरुन्त ध्यान जान जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया