धरानको वीपी कोईराला विज्ञान प्रतिष्ठान अस्पताल जाने बाटो खाल्डै खाल्डो भएकोले विरामी लान सास्थी भएको छ । दिनहुँ एम्बुलेन्स ओहोरदोहोर गर्ने मूख्य बाटो नै बिग्रिएको लामो समय भयो तर सडक मर्मत गर्न कसैले चासो नदेखाउँदा विरामी बचाउँन अस्पताल जानेहरु अस्पताल पुग्ने बेला सम्म विरामी हुने गरेका छन ।
बाटो बिग्रेको महिनौ बितिसक्यो । कालोपत्रे सडक भत्किीएर खाल्डै खाल्डोले भएको छ तर पनि धरानका जनप्रतिनिधिले हेरेका छैनन् । तर ती खाल्डोले विरामि र विरामि बचाउँन हिडेकाहरुलाई भने दैनिक दुख दिईरहेको छ । धरानको भोटेपुल देखि अस्पताल पुग्दा सम्म करीब १ किलोमिटर सडकमा साना ठुला गरि १ सय ९ खाल्डो थिचोल्नु पर्छ ।बजारको चोकहुँदै अस्पताल छिर्ने उक्त सडकमा गाडी ओहोर दोहोरमा नै कठिनाइ भएको हो । ‘सुत्केरी महिलालाई लैजान झनै गाह्रो पर्छ ।अस्पताल जस्तो संवेदनशील क्षेत्रको बाटो बिग्रिएको छ । सडकमा भएका खाल्टाखुल्टीमा सवारी उफ्रने भएकाले बिरामी र यात्रुले निकै समस्या भोगेका छन् । अधिकांस विरामी र आफन्त बाटोकै कारण समस्यामा पर्ने गरेका छन । ’यो बाटोमा यति सम्म दुःख भइरहेको छ तर अहिले सम्म धरान उपमहानगरपालिकाले वास्ता गरेको छैन ।अस्पताल जाने सडकप्रति सबैको चासो हुनुपर्ने हो तर देखिएको छैन् हतारमा पुग्ने पर्ने एम्वुलेन्सहरु १ किलोमिटर सडकको यात्रा झण्डै १० मिनेट लाग्छ । यसरी ठुलो अस्पताल जाने सडकको अवस्था दयनीय हुदा सम्म धरानको कार्यवहाक मेयर मञ्जु भण्डारीले भने देखे पनि नदेखेझै गदै आएकी छिन । धरानको अधिकांस भित्री सडक समेत मर्मत नभइ लथालिङग भएको छ ।