बलात्कारको आरोपी पक्राउ गर्ने बिषयमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीको जवान उर्मिला श्रेष्ठको हत्या भएपछि मोरंग प्रशासनले लेटाङमा जारी गरेको कर्फ्यु आदेश हटाएको छ।
मोरङको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा सोमबार बिहान ७ बजे देखि जारी गरिएको कर्फ्यु बिहिबार बिहान बाट हटाइएको जानकारी गराएको छ।
लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुर्व्यवहार गरेको विरोधमा आइतबार लेटाङमा प्रदर्शन भएको थियो।
प्रदर्शन उग्र बनेपछि प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो। सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रमकारीले छुरा प्रहार गरेर ज्यान लिएका थिए।
घटनापछि मोरङ प्रशासनले सुरक्षाको कारण दर्शाउँदै लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो।