पाकिस्तानको एउटा बस पुलबाट खसेर आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको लसबेला जिल्लामा भएको दुर्घटनामा ८ जना घाइते भएका हुन् । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको जनाइएकाे छ ।

उक्त बसमा ४८ जना यात्रु सवार थिए । पाकिस्तानमा कमजोर सडक संरचना र चालकहरुको लापरबाहीका कारण वर्षेनी थुप्रै सडक दुर्घटना हुने गरेका छन् ।

दुघर्टनाग्रस्त बसको आगो निभाउन समयमै दमकल नपुगेका कारण धेरैको मृत्यु भएको जनाइएकाे छ ।एजेन्सी ।

तपाईको प्रतिक्रिया