इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।

फिनालेबाट श्रेया श्रेष्ठ मिस स्कुल बन्न सफल भएकि छिन् । सनिवार इटहरी स्थित प्रिमियर गोल्बल स्कुलको हलमा समपन्न कार्यक्रका बिजेता श्रेया श्रेष्ठ सुस्मा सेकेन्डरी स्कुल, श्रेया राइ (पुन्यका) बेबिलोन सेकेण्डरी स्कुल र इसानी खड्का विश्व आदर्श स्कुलमा  अध्ययनरत छन् ।

१२ बर्ष देखी १६ बर्ष सम्मका बालिकाहरुलाई २३ दिन सम्म किशोरी अवस्थामा आई पर्ने महिनावारी सम्बन्धि  सम्पुर्ण समस्याहरूको बारेमा डा.मुन्जल यादवले तालिम प्रदान गरेकी थिइन भन्ने मानसीक रोग सम्बन्धि डा. हेमन्त प्रधानले तालिम प्रदान गरेका थिए ।

यस्तै डिजिटल साइबर सेफ एन्ड सेकुरिटी सम्बन्धी  ईलाका प्रहरी कार्यालय इटहरीले तालिम प्रदान गरेको थियो २३ दिन भित्र  १२ देखि १६ बर्षका किसोरीहरु लाई दैनिक जिवनमा आवश्यक पर्ने सिलाई बुनाई, पाकशिक्षा र श्रृंगार सम्बन्धि तालिम दिई दक्ष बन्न अभिप्रेरित गर्न र बिशेषत बालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

मिस स्कुल २०८० बिजेताले १ बर्ष ,६ महिना र तीन महिना गरी इटहरी क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई समेटेर टेलिभिजन कार्यक्रम चलाऊन पाउने   आयोजक संस्थाका संचालक तथा कार्यक्रम सम्योजक तुलसी घिमिरेले बताए ।

कार्यक्रममा इटहरी–६ नम्बरका  वडा अध्यक्ष्य दिवश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम बिराटनगरका सुसिल स्वेच्छाले गरेका हुन् उनलाई सेबिका कोइरालाले सहयोग गरेकी थिइन्   ।

ग्राण्ड फिनालेबाट फर्स्ट रनरअप श्रेया राइ पुन्यका, सेकेण्ड रनरअप इशानी खड्का बन्न  सफल भएका छन  । कार्यक्रममा विश्व आदर्श स्कुलका प्रिन्सिपल गणेश दुलाल ,डिबिएम स्कुलका प्रिन्सिपल डा. बेणु सिटौला ,नारायण सुबेदी ,लूक्मी कस्मेटिकका संचालक खगेन्द्र बिमली , उत्तम पराजुली विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रमको जज रौनक अग्रवाल र मेरिना तुम्सा लिम्बु थिए  । इटहरीमा लामो समय सम्म जापानीज भाषाका लागि स्पेशल रहेको डाफे एजुकेसन फाउन्डेसनका प्रो. दुर्लभ कार्कीले सेकेण्ड रनरअपको पुरस्कार समेत प्रदान गरेका थिए भन्ने फोटोग्राफी पाट्नर इटहरिको डिम्स फोटोग्राफी रहेको थियो ।

उत्तm कार्यक्रममा लोक दोहोरी गायिका गङ्गा गौतम आचार्य र पत्रकार तथा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललार्इ सम्मान समेत गरिएको थियो

तपाईको प्रतिक्रिया