जिन्दगी कहिले कुन मोड लिन्छ, कसैलाई थाहा हुँदैन।
सपनालाई पखेटा लगाइदिने आशामा ऋण खोजेर आफ्नै हातले श्रीमतीलाई अमेरिका पठाएका योगेन्द्र भाटको जीवन आज आफैं एउटा अधुरो कथाजस्तै बनेको छ।
चार वर्षको प्रेम, भरोसा र वैवाहिक सम्बन्धमा अडिएको संसार एकाएक भत्किँदा एक व्यक्ति मात्र होइन, सिंगो परिवार नै मानसिक रूपमा चकनाचुर भएको छ। आपसी सहमतिमा उच्च शिक्षा पढ्न भनेर २०२५ जनवरी १० मा अमेरिका गएकी रश्मी पनेरुको कलेज फिस, बसोबासदेखि कागजातसम्म सबै खर्च योगेन्द्र र उनका परिवारले ऋण खोजेर जोहो गरेका थिए। भविष्य उज्यालो हुने विश्वास थियो।
तर अमेरिका पुगेपछि व्यवहार फेरिँदै गयो। सम्बन्ध टाढिँदै गयो। एक दिन सम्पर्क नै टुट्यो। सामाजिक सञ्जालदेखि फोनसम्म सबै ठाउँबाट ब्लक। आफूलाई श्रीमान् भनेर चिनाउनसमेत लुकाइयो। अहिले अर्कैसँग ‘लिभिङ टुगेदर’मा रहेको खबरले उनको मन झन् चिरिएको छ।
विश्वास गरेको मान्छेबाटै धोका पाउँदाको पीडा शब्दमा बयान गर्न सकिँदैन।
योगेन्द्र भन्छन्—“यो बदला होइन, सत्य बाहिर ल्याउने प्रयास मात्र हो।”
विवाह माया, भरोसा र जिम्मेवारीको सम्बन्ध हो—भिसा वा सुविधाको भर्याङ होइन।
एउटा सपना बोकेर विदा गरेको मान्छेबाटै जीवनभरको घाउ पाएपछि, आज पनि एउटै प्रश्न बाँकी छ—
“मेरो गल्ती के थियो?”
#अधुरो_कथा
#भरोसाको_मूल्य
#जिन्दगी
#सत्य_बाहिर_ल्याऔँ
















