इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज हुने भएको छ।
उनीको जर्मनीको स्थायी बसोबास अनुमति पत्र सार्वजनिक भएपछि उम्मेदवारी खारेज हुन लागेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ मा नेपाली नागरिक मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था भए पनि तामाङको जर्मनीको पिआर रहेको पाइएको छ।
जर्मनीको पिआरलाई त्यहाँको नागरिक सरह मानिने भएकाले उनले नेपाली नागरिकता त्यागेको मानिनेछ ।
विदेशको स्थायी बसोबास अनुमति पत्र (पिआर) लिएर नेपालमा राजनीति गर्न नपाइने कानुनी व्यवस्था भए पनि उनी धादिङको क्षेत्र नम्बर १ मा रास्वपाबाट चुनावी मैदानमा छिन् ।
उनले पी आर लिएको विषय धेरै पहिला देखी नै विवादमा आएको भए पनि प्रमाण भने सार्वजनिक भएको थिएन ।
निर्वाचनको अघिल्लो दिन उनले जर्मनीको पी आर लिएको प्रमाण सार्वजनिक भएको हो ।
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १४ मा विदेशी नागरिकले मतदान गर्न समेत नपाउने व्यवस्था गरिएको छ।
‘मतदान समेत गर्न नपाउने व्यक्ति उम्मेदवार मिल्ने कुरै हुँदैन,’ अधिवक्ता रामचन्द्र कोइराला भन्नुहुन्छ ।
यो अवस्थामा उनको उम्मेदवारी सिधै खारेज हुने निर्वाचन आयोगको प्रावधानहरूबाट देखिन्छ ।
एमालेका नेता लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री भएका बखत कानुन नै बनाएर पी आर धारण गरेकालाई राजनीति गर्न निषेध गरेका थिए ।
अधिवक्ता कोइरालाका अनुसार निर्वाचन आयोगले आजै उनको उम्मेदवारी खारेज गर्नुपर्ने छ ।
















