काठमाडौं / सेन्चुरी ग्रुपअन्तर्गतको दुगड स्पाइसेसले आफ्नो लोकप्रिय सेन्चुरी मसलालाई नयाँ र आकर्षक वायुरोधी जारमा बजारमा ल्याएको छ । मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यसहित कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नयाँ जारले मसलालाई बाह्य वातावरणको प्रभावबाट जोगाउँदै यसको गुणस्तर र सुगन्ध सुरक्षित राख्न मद्दत गर्नेछ । आकर्षक बनावटमा तयार गरिएको जारलाई मसला सकिएपछि पनि घरायसी प्रयोजनमा पुनः प्रयोग गर्न सकिनेछ ।

नयाँ प्याकेजिङसँगै कम्पनीले उपभोक्ताका लागि विशेष योजना पनि ल्याएको छ । योजनाअन्तर्गत प्रत्येक जार खरिद गर्दा ग्राहकले १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क पाउनेछन् । त्यस्तै, मसलाको प्रयोगलाई सहज बनाउन प्रत्येक जारभित्र एउटा चम्चासमेत राखिएको कम्पनीले जनाएको छ ।

गुणस्तरीय मसलाले खानाको स्वाद र सुगन्ध बढाउनुका साथै भान्साको प्रयोगलाई थप सहज बनाउने कम्पनीको भनाइ छ । नयाँ प्याकेजिङमार्फत उपभोक्तालाई उत्पादनको गुणस्तर, आकर्षक बनावट र प्रयोगमा सहजतासँगै थप परिमाणको लाभ उपलब्ध गराउन खोजिएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा मसला क्षेत्रमा आफ्नो पहिचान बनाएको सेन्चुरीले उपभोक्ताको आवश्यकता र सुविधालाई ध्यानमा राखेर उत्पादन तथा प्याकेजिङमा सुधार गर्दै आएको जनाएको छ । नयाँ जारमा उपलब्ध मसलाले उपभोक्तालाई भण्डारण र प्रयोगमा सहजता प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।

दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै आएको सेन्चुरी ग्रुपले आगामी दिनमा पनि उपभोक्ताको हितलाई केन्द्रमा राखेर नयाँ योजना तथा उत्पादन बजारमा ल्याउने जनाएको छ । कम्पनीका अनुसार सेन्चुरी मसला नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया