स्वास्थ्य मन्त्रालयका चार कर्मचारी कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालय स्रोतका अनुसार शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।
अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।