१० लाख नाघ्यो ब्राजिलमा कोरोना संक्रमित, २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिए
ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । वल्र्ड ओमिटरको अनुसार त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार कटेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । यही गतिमा ब्राजिलमा संक्रमितको संख्या बढेमा अमेरिका भन्दा अगाडि हुने अनुमान गर्न थालिएको छ । विश्वमा ४ लाख ६२ हजारभन्दा बढी मानिस कोरोनाका कारण ज्यान गएको छन् ।
...