मोटोपन बढ्ने कारण र घट्ने १० तरिका
अहिले अधिकाशं मानिसका लागी मोटोपन टाउको दुखाईको विषय बनेको छ ।
अव्यवस्थित खानपान, विलासी जीवन नै मोटोपनको कारण बन्दै गएको छ । यसरी मोटोपन बढ्नु शरीरमा अतिरिक्त बोसो भण्डार भई रक्तनली साँघुरो हुदै जाने हुन्छ ।
यसरी हुने मोटोपनको सबैभन्दा ठूलो बेफाइदा भनेकै यसबाट हुनसक्ने संभावित रोगको भय हो ।
किन बढ्छ मोटोपन ?
मोटोपन बढ्नुको प्रमुख कारण गलत जीवनशैली र खानपान नै हो । तथापी कतिपय अवस्थामा...











