दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी

दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी
दुहबी, दुहबीको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ । केही बेर देखी शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । आगो नियन्त्रणका लागि इटहरी, दुहबीबाट आएका दमकलले प्रयास गरीरहेका छन । अन्य विवरण आउन बाँकी ।

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ
सिड्नी / साउथ अष्ट्रेलिया राज्यको दक्षिण पूर्वमा जानाजान आगो लगाउने एक ७९ वर्षीय बृद्धविरुद्ध मु द्दा दर्ता भएको छ। उनले जानाजानी चार स्थानको झाडीमा डढेलो लगाइएको भन्दै मु द्दा दर्ता भएको हो। उनले किंगस्टन क्षेत्रमा आगो सल्काएका हुन्। उनले डिसेम्बर ३० मा क्याथ्ररिन गिब्सन वेमा, जनवरी २ मा क्याथ्ररिन गिब्सन वे नजिकै आगो लगाएकोभन्दै मुद्दा दर्ता गरिएको हो। प्रह रीको हिरा सतमा रहेका उनलाई सोमबार म...

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास
काठमाडौं / योजनाका विषयलाई लिएर तनहुँको शुक्लागण्डकी नगरपालिकाका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले नगरप्रमुख किसान गुरुङमाथि सोमबार हातपातको प्रयास गरेका छन् । कार्यपालिका बैठकमा योजनाका विषयलाई लिएर वडाध्यक्ष क्षेत्रीले नगरप्रमुख गुरुङमाथि हातपातको प्रयास गरेका हुन् । ‘कार्यापालिका बैठकमा छलफल चल्दै थियो,’ नगरप्रमुख गुरुङले भने, ‘छलफलमा दस लाख रुपैयाँ लागतका योजनाका विषय छलफल भइरहेको थिय...

प्रदेश १ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु

प्रदेश १ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु
विराटनगर / विराटनगर महानगरपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापनाका लागि प्रदेश १ सरकारसमक्ष पठाएको प्रस्ताव स्वीकृती भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनी मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा विराटनगर महानगरपालिकाले चीनको उहु शहरसँग र मेची नगरले बेलायतको एक शहरसँग भगिनी सम्बन्ध स्था...

आज २०७६ पुस २२ गते मंगलबारको राशिफल

आज २०७६ पुस २२ गते मंगलबारको राशिफल
मेष परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह ...

स्थानीय सरकार प्रमुखको गुनासो : ‘काम गर्न पाएनौं’

स्थानीय सरकार प्रमुखको गुनासो : ‘काम गर्न पाएनौं’
विराटनगर महानगरपालिकाले शिक्षक सरुवा गर्दा संघीय कानुनले रोक्यो । माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको भएपनि शिक्षक सरुवाको निर्णयबाट अन्तत महानगरपालिका पछि हट्यो । गत जेठमा धरानमा डेंगुले माहामारीको रूप लियो । डेंगु नियन्त्रणका लागि विज्ञको खोजी गर्दा जिल्लाले प्रदेश र प्रदेशले संघलाई देखाउँदा स्थानीय सरकार अलमलमा पर्‍यो । दमक नगरपालिका भित्र १५ शैय्याको सरकारी अस्पताल छ । अस्पताल स...

देउवा सँग असन्तुष्ट पक्षले गयो जिल्ला सभापति भेला : देउवा इतरका को को (सूचीसहित)

देउवा सँग असन्तुष्ट पक्षले गयो जिल्ला सभापति भेला : देउवा इतरका को को (सूचीसहित)
कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षको भेला केहीबेरमा पार्टी केन्द्रीय सानेपामा हुँदैछ । सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको जनाएको छ ।  ७७ जिल्ला सभापतिमध्ये देउवानिकट ३५ र इतरका ४२ जना(सूची तल) देखिएका छन्। यद्यपी जिल्ला सभापतिहरुको गुट अदलबदल भन...

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई भरतपूर महानगरपालिका तर्फबाट रेणु दाहालले ६.५ करोड सहयोग

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई भरतपूर महानगरपालिका तर्फबाट रेणु दाहालले ६.५ करोड सहयोग
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । जनस्थरको सहयोगबाट बन्न लागेको उक्त रङ्गशालालाई भरतपूर महानगरपालिका तर्फबाट ६.५ करोड बजेट बिनियोजन गर्न लागेको कुरा मेयर रेणु दाहालले जनाएकी छिन् । रेणु दाहालका अनुसार धुर्मुस सुन्तली फ़ाउण्डेसनलाई सरकारदेखि भरतपूर नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ । रङ्गशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने देखि बजेट बिनियोजन समेत गर्...

देउवा र प्रचण्ड बीच भेटवार्ता

देउवा र प्रचण्ड बीच भेटवार्ता
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । नेकपा अध्यक्ष प्रचण्ड देउवालाई भेट्न सोमबार बिहान बुढानिलकण्ठ पुगेका थिए । दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आय...

आलमको मुद्दा सार्ने बहस माघ २ मा हुने

आलमको मुद्दा सार्ने बहस माघ २ मा हुने
काठमाडौँ / रौतहटका कांग्रेस सांसद मोहम्मद आफताब आलमको मुद्दामा माघ २ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा बहस हुने भएको छ । आलमले जिल्ला अदालत रौतहटको थुनछेक आदेशविरुद्ध अस्थायी इजलास वीरगन्जमा दिएको निवेदन तथा सरकारको तर्फबाट आलमको उक्त मुद्दा पर्सा जिल्ला अदालतमा सारी बाँकी सुनुवाइ गरिपाऊँ भनी परेको अर्को निवेदनलाई सँगै राखेर पेस गर्न बिहीबार न्यायाधीशद्वय सत्यमोहन जोशी थारू र डिल्लीराज...