सिड्नी / साउथ अष्ट्रेलिया राज्यको दक्षिण पूर्वमा जानाजान आगो लगाउने एक ७९ वर्षीय बृद्धविरुद्ध मु द्दा दर्ता भएको छ। उनले जानाजानी चार स्थानको झाडीमा डढेलो लगाइएको भन्दै मु द्दा दर्ता भएको हो। उनले किंगस्टन क्षेत्रमा आगो सल्काएका हुन्।

उनले डिसेम्बर ३० मा क्याथ्ररिन गिब्सन वेमा, जनवरी २ मा क्याथ्ररिन गिब्सन वे नजिकै आगो लगाएकोभन्दै मुद्दा दर्ता गरिएको हो। प्रह रीको हिरा सतमा रहेका उनलाई सोमबार माउन्ट गोम्बियर मजिस्टेट अदालतमा पेश गर्ने बताइएको छ।

प्रह रीले प क्राउ परेका बृद्धको बारेमा थप जानकारी दिएको छैन। उनले सल्काएको आगोबाट क्षति भने भएको छैन तर, शनिबार एक घर खतारामा परेको थियो।

तपाईको प्रतिक्रिया