गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । जनस्थरको सहयोगबाट बन्न लागेको उक्त रङ्गशालालाई भरतपूर महानगरपालिका तर्फबाट ६.५ करोड बजेट बिनियोजन गर्न लागेको कुरा मेयर रेणु दाहालले जनाएकी छिन् । रेणु दाहालका अनुसार धुर्मुस सुन्तली फ़ाउण्डेसनलाई सरकारदेखि भरतपूर नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ ।

रङ्गशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने देखि बजेट बिनियोजन समेत गर्ने तयारी रहेको कुरा मेयर रेणु दाहालले उल्लेख गरेकी छिन् । मेयर दाहालका अनुसार यो रङ्गशाला जनस्थरबाट नै निर्माण गर्नेगरि अगाडी बढिरहेको छ र यसका लागी सरकारले समेत नगरपालिका र फ़ाउण्डेसनलाई चाहिदो सहयोग गरिरहेको छ ।

शुत्र बहसमा सहभागी भएकी रेणु दाहाल भन्छिन् “राज्य अग्रसर नभए यत्ति ठुलो परियोजना सम्भव हुँदैन र अहिले सरकारले पूर्ण साथ सहयोग गरिरहेको छ । जग्गा देखि मनोबल प्रदान गर्न सरकार सधै अगाडी रहेको छ । रेणु दाहालका अनुसार प्रदेश सरकारले समेत ५ करोड सहयोग गर्ने निर्णय गरेको छ । भरतपूर नगरपालिका र प्रदेश सरकारले ११.५ करोड रङ्गशालालाई दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया