कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका नागरिकका परिवारलाई तत्काल एकलाख राहत
विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकका परिपारलाई तत्काल एक लाख राहत दिने भएको छ । प्रदेश सरकारले प्रभावित जिल्लाबाट विवरण माग गरेर तत्कालै यो राहत उपलब्ध गराउने भएको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल्ला अधिकारीमार्फत विवरण माग गरिएको बताएका छन् । विवरण प्राप्त हुनसाथ दुईदिन भित्रमै राहत पठाइने भएको ह...











