निमावि शिक्षणका निम्ति लाइसेन्स लिनेको संख्या प्रावि र माविको भन्दा दोब्बर
नेपालमा निम्न माध्यमिक तहको शिक्षक/शिक्षिकाका निम्ति अध्यापन अनुमति पत्र (लाइसेन्स) लिनेको संख्या सबैभन्दा धेरै देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार निमावि लाइसेन्स लिएकाको संख्या २०८० को अन्त्यसम्म चार लाख १६ हजार १७६ छ ।
यो संख्या प्राथमिक र माध्यमिक तहकोभन्दा झन्डै दोब्बरले बढी हो । सो अवधिसम्म प्राथमिक तहमा लाइसेन्स लिने दुई लाख दुई हजार ७...