घरमा बाढी पस्दा ७ महिने शिशुको डुबेर मृत्यु, एक जना बेपत्ता

घरमा बाढी पस्दा ७ महिने शिशुको डुबेर मृत्यु, एक जना बेपत्ता
कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। त्यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बाढीमा बगेर बेपत्ता भएक...

निमावि शिक्षणका निम्ति लाइसेन्स लिनेको संख्या प्रावि र माविको भन्दा दोब्बर

निमावि शिक्षणका निम्ति लाइसेन्स लिनेको संख्या प्रावि र माविको भन्दा दोब्बर
नेपालमा निम्न माध्यमिक तहको शिक्षक/शिक्षिकाका निम्ति अध्यापन अनुमति पत्र (लाइसेन्स) लिनेको संख्या सबैभन्दा धेरै देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार निमावि लाइसेन्स लिएकाको संख्या २०८० को अन्त्यसम्म चार लाख १६ हजार १७६ छ । यो संख्या प्राथमिक र माध्यमिक तहकोभन्दा झन्डै दोब्बरले बढी हो । सो अवधिसम्म प्राथमिक तहमा लाइसेन्स लिने दुई लाख दुई हजार ७...

तेस्रो सन्तान जन्माउने आमालाई तीन वर्षसम्म रकम दिइने

तेस्रो सन्तान जन्माउने आमालाई तीन वर्षसम्म रकम दिइने
भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका  सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ ।  सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् ।  न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लाग...

मोरङको बुढिगंगा बाट ११५ किलोग्राम गाँजा बरामद

मोरङको बुढिगंगा बाट ११५ किलोग्राम गाँजा बरामद
बुढिगंगा गाउँपालिका–१ आदर्शटोल नहर छेउ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय १५ किलोग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा रोकी राखेको बा.७ च ९५९५ नम्बरको कारमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले कारको पछाडी डिक्कीमा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार कार चालकक...

खोला तर्ने क्रममा बगेर एकजनाको मृत्यु

खोला तर्ने क्रममा बगेर एकजनाको मृत्यु
काभ्रेको रोशी गाउँपालिकाको सानो भुक्देउ खोला तर्ने क्रममा  बगेर एकजनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजेको समयमा काभ्रे जिल्लाको रोशी गाउँपालिका -१ सानो भुक्देउस्थितमा सोही ठाउँ बस्ने ४५ वर्षीय कमल विक खोलाले बगाएर बेपत्ता भएका थिए। रोशी १ न वडाको वडा अध्यक्ष श्रीदास लामाले विकलाई विहान मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको लामाले बताए...

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

पहिरोमा पुरिएर तीन जनाको मृत्यु
जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ ।  स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो ।  शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी ...

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा ...

किसानलाई हल गोरु वितरण

किसानलाई हल गोरु वितरण
भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्कीस्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । पशुपन्छी तथा कृषि विकासका लागि ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थि...

नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा घट्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । आइतबार प्रतितोल १ लाख ४४ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज १ लाख ४४ हजार ३ कायम भएको छ । महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार १...

अन्तराष्ट्रिय कराँतेमा नेपालकी दीपा लामाले जितिन् स्वर्ण पदक

अन्तराष्ट्रिय कराँतेमा नेपालकी दीपा लामाले जितिन् स्वर्ण पदक
विराटनगर । जर्मनीमा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा महिलातर्फ नेपालकी दीपा लामाले स्वर्ण पदक जितेकी छन् । ६१ किलो तौल समूहमा लामाले स्वर्ण पदक जित्दै नेपालको नाम विश्वसामु उच्च राख्न सफल भइन् । उनले क्वाटर फाइनलमा गिस्सर इसाबेललाई ४–७ अंकले पराजित गरिन् भने, सेमी फाइनलमा अष्ट्रियाकी गस्तल वरोनिकालाई १–४ अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । फाइनलमा जर्मनीकी मोस्टर्ट मडेलिन...