कोशी अस्पतालको क्यान्टिनमा अस्वस्थ्यकर खाना
विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको क्यान्टिनको खाना अस्वस्थ्यकर र फोहोर हुने गुनासो बढ्दै गएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आगन्तुकहरूले क्यान्टिनको खानाको गुणस्तर र सरसफाइप्रति असन्तुष्टि जनाएका हुन् ।
विगत लामो समयदेखि अस्पताल परीसरमा निजी क्यान्टिन सञ्चालन गर्दै आएका ५० वर्षीय विनोद महतले दैनिक मःम, चाउमिन, समोसा, चार्ट लगायत अन्य फास्टफुड बिक्री वितरण गर्ने गरेको ...