पिकअपमा मोटरसाइकल ठोक्किएर भारतीय नागरिकको मृत्यु
झापामा मंगलबार राति पिकअप गाडीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारतीय नागरिकको मृत्यु भएको छ ।
मेची राजमार्गअन्तर्गत भद्रपुर नगरपालिका–२ चारआलीमा मे १ च ५४४७ नम्बरको पिकअपसँग बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकल राति ८ः१५ बजेतिर ठोक्किएको हो । भद्रपुरबाट केचनातर्फ जाँदै गरेको पिकअप मोड्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किएर दुर्घटना ...











