आगजनीले ध्वस्त मोरङ प्रशासन कार्यालय मर्मतपछि सबै सेवा सञ्चालनमा

आगजनीले ध्वस्त मोरङ प्रशासन कार्यालय मर्मतपछि सबै सेवा सञ्चालनमा
विराटनगर । जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएको जिल्ला प्रशासन कार्यालय मोरङलाई मर्मत सम्भार गरेर सबै सेवा सञ्चालनमा ल्याइएको छ । आगजनीपछि पूर्ण रूपले ध्वस्त भएको कार्यालय पुरानै लयमा फर्किएको हो । मंगलबारदेखि कार्यालयले सबै प्रकारका सेवा सुचारु गरेको छ । यसअघि आंशिक सेवा मात्रै सञ्चालनमा थिए । मंगलबारबाट राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा पनि सुरु भएको मोरङका प्...

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा रगतको अभाव

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा रगतको अभाव
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पछिल्ला दिनमा रगतको अभाव देखिएको छ। उपचारका लागि भर्ना भएका बिरामीहरुलाई आवश्यक रगत सहज रुपमा उपलब्ध नहुँदा हस्पिटलमा उपचार प्रभावित भएको छ। दशैँपछिको समयमा सामाजिक संस्थाहरुले गर्ने रक्तदान कार्यक्रमहरू ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य स्वास्थ्य संस्थाहरूमा पनि रगतको अभाव तीव्र बनेको हो। विराट ब्लड बैंकका इन्चार्ज ...

सुनसरीमा एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

सुनसरीमा एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ
इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवनस्थितमा रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र १ खारखोलाका २७ वर्षीय सञ्जीव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विवाहेतर प्रेम सम्बन्ध विवाद : मोरङमा प्रेमिकाले काटिदिइन लिंग

विवाहेतर प्रेम सम्बन्ध विवाद : मोरङमा प्रेमिकाले काटिदिइन लिंग
विराटनगर : मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक पुरुषको लिंग काटिएको घटना भएको छ। प्रहरीका अनुसार ३२ वर्षीय कामत थरका पुरुष आफ्नो महिला साथीलाई भेट्न पुगेका बेला सोही महिलाले धारिलो हतियार प्रयोग गरी उनको लिंग काटिदिएकी हुन्। गम्भीर घाइते भएका ती पुरुषलाई अहिले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेको छ। अस्पतालका चिकित्सकका अनुसार धारिलो हतियारले प्...

असोज २७ गते सोमबार, निकै राम्रो छ यी राशिको भाग्य

असोज २७ गते सोमबार, निकै राम्रो छ यी राशिको भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन मिल्ने साथीसँग भेटघाटले मन आनन्दित रहनेछ। धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुन पाइएला। भाइबहिनीमा आत्मयीता बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। राजनीतिक कार्यमा सफल भइनेछ। लामो समयदेखि रोकिका कार्य पुनः प्रारम्भ हुनेछन्। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ ...

दमक प्रहरीबाट हतियार लुटेर लग्ने लिम्बू पक्राउ

दमक प्रहरीबाट हतियार लुटेर लग्ने लिम्बू पक्राउ
झापा दमक–३ का १८ वर्षीय आदित्य लिम्बू लागुऔषध मुद्दामा पक्राउ परेका छन् । उनी जेन्जी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर ए थ्री हट नम्बर ३५३ का साजन थापाको छाप्रोबाट थापासहित ईलाम चुलाचुली गाउँपालिका वडा नं ३ का तिलक बहादुर तामाङको छोरा बर्ष...

शुनसरीमा गोली प्रहार,एक व्यक्तिको हत्या

शुनसरीमा गोली प्रहार,एक व्यक्तिको हत्या
इनरुवा/ सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ शिवनगरमा एक अज्ञात समूहद्वारा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरिएको । शनिबार (आज ) बेलुकी करिब ५ बजे को आसपासमा सफारी कुदाइ रहेको अवस्थामा ती व्यक्तिलाई लक्षित गरी गोली हानिएको र घटना स्थलमै उनकाे मृत्यु भएकाे स्थानीयले बताएका छन् । रामधुनी वडा नम्बर २ शिवनगरका दिनेश चाैधरीकाे मृत्युु भएकाे स्थानीयले जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै इलाका...

जहदा गाउँपालिकाले अस्थायी र करारका कर्मचारी हटायो

जहदा गाउँपालिकाले अस्थायी र करारका कर्मचारी हटायो
नेपाल सरकारको निर्णयअनुसार जहदा गाउँपालिकाले अस्थायी तथा करार सेवामा नियुक्त कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ। आर्थिक मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको निर्णयका आधारमा, “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” भन्ने स्पष्ट निर्देशनसँगै जहदा गाउँपालिकाले २०८२/०६/२१ गतेदेखि लागू हुनेगरी सबै अस्थायी तथा करार सेवामा...

विदेशी मुद्राको विनिमयदरमा उतार–चढाव, अमेरिकी डलर रियालमा वृद्धि

विदेशी मुद्राको विनिमयदरमा उतार–चढाव, अमेरिकी डलर रियालमा वृद्धि
काठमाडौं / नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर, साउदी र कतारी रियालसहित केही मुद्रामा मूल्य वृद्धि भएको छ भने युरो र पाउन्डमा गिरावट आएको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। बुधबारको तुलनामा खरिददर र बिक्रीदर दुवैमा ४–४ पैसा वृद्धि भएको हो। युरोपियन युर...

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
रामेछाप : असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकी डाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थ...