सुनसरीको कोशीमा आगलागी, ५ परिवारका १० वटा घर ध्वस्त
सुनसरीको कोशी गाउँपालिकामा बिहीबार अपरान्ह आगलागी भएको छ । कोशी–६ मा आगलागी हुँदा ५ परिवारका १० घर जलेर ध्वस्त भएको छ ।
आगलागीमा ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । गाईवस्तुलाई लाग्ने झिँगा र लामखुट्टे धपाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।
आगोले बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी यो...










