सुनसरीमा मापसे गरेको समूहबीच दोहोरो झडप, ४ जना घाइते
विराटनगर । सुनसरीमा मादक पदार्थ सेवन (मापसे) गरेको २ समूहबीच दोहोरो झडप हुँदा ४ जना घाइते भएका छन् ।दुहबी नगरपालिका–७ भलुवामा २ पक्षबीच झडप प्रहरीले जनाएको छ । दुहबी–७ का २५ वर्षीय इन्द्र पासवान र दुहबी–७ कै मुकेश ऋषिदेवको समूहबीच मंगलबार राति १०ः३० बजेतिर झडप भएको हो ।
झडपमा पासवान घाइते भएका छन् । अर्को पक्षका ऋषिदेवसहित दुहबी–७ का रविना ऋषिदेव र ३५ वर्षीय गेना ऋषिदेव घाइते भएको प्रहरीले ...











