विराटनगर । सुनसरीमा मादक पदार्थ सेवन (मापसे) गरेको २ समूहबीच दोहोरो झडप हुँदा ४ जना घाइते भएका छन् ।दुहबी नगरपालिका–७ भलुवामा २ पक्षबीच झडप प्रहरीले जनाएको छ । दुहबी–७ का २५ वर्षीय इन्द्र पासवान र दुहबी–७ कै मुकेश ऋषिदेवको समूहबीच मंगलबार राति १०ः३० बजेतिर झडप भएको हो ।
झडपमा पासवान घाइते भएका छन् । अर्को पक्षका ऋषिदेवसहित दुहबी–७ का रविना ऋषिदेव र ३५ वर्षीय गेना ऋषिदेव घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेको सीटी अस्पताल दुहबी र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया