विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्याहर्षाहीमा सर्पले डसेर १ जना महिलाको मृत्यु भएको छ ।
सर्पले टोकेर घाँस काट्न गएकी ५५ वर्षीया कल्सी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्न जाने क्रममा मंगलबार साँझ ६ः३० बजेतिर उनलाई सर्पले डसेको थियो ।सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि लैजाने क्रममा राति ८ः२० बजेतिर उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।


















