८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
युक्रेनमा ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो ।
तर केही समयपछि जीनियाले शवास फेर्न छोडिन् । यस पटक परिवारले डाक्टरसँ...











