खोटाङ/ खोटाङको  दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  कृषकले उत्पादन गरेका कृषिउपजहरु खेर जान नदिन  कृषिउपज संकलन केन्द्र  संचालनमा ल्याएको छ ।

कृषकहरुले उत्पादन गरेका तर उपभोग गरेर वाँकी रहेका कृषि उपजहरु संकलन केन्द्रमा लगेर विक्री गर्नलाई सप्तेश्वर छितापोखरीस्थित नाराङगामा संकलन केन्द्र स्थापना गरि संकलन केन्द्र संचालनमा ल्याईएको हो ।

संकलन केन्द्रमा तत्कालका लागि चाँडो नबिग्रने कृषि उपजहरु मास, बोडी, भटमास, अलैची, बेसर, अदुवा, सुन्तला, कागती, मह, अम्लिसो, स्याउ, किवी, गुन्द्रुक, सिन्की, खुर्सानी, प्याज ,फर्सी, काक्रा, आँप, लिची, आरु, नासपातीजस्ता कृषिउपज विक्री गरिने भएको छ ।

४ लाख ५० हजार गाउँपालिकाको अनुदान र दिप्रुङ चुइचुम्मा सप्लार्यसको करीव १० लाख लगानीमा निर्माण गरिएको तरकारी संकलन केन्द्रको बिहीबार गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।

गाउँपालिकाले निर्धारण गरेको मुल्य अनुसार कृषिउपजहरु कृषकसँग खरीद गरिने दिप्रुङ चुइचुम्मा सप्लार्यसका सन्चालक पवन राईले बताए । संकलन केन्द्र संचालनमा आएसँगै अव कृषकले उत्पादन गरेका  कृषिउपजहरु खेर नजाने र उचित मुल्य पाउने भएपछि  कृषकहरु हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया