तोक्यो : कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि जापानभर विद्यालय बन्द गर्न भनिएको छ। बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ संक्रमण रोक्नको लागि देशभरका विद्यालयहरू केही साता बन्द गर्न आग्रह गरेका हुन्। कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले उक्त आह्वान गरेका हुन्।

कोरोना भाइरस संक्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७ सय यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो। ‘सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ’, आबेले भने।

उनले देशभरका सबै प्राथमिक निम्न माध्यमिक र माध्यमिक विद्यालय मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे बिदासम्मका लागि बन्द गर्न आह्वान गरेका छन्।

होकाइदो शहरमा गत बिहीबार असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्न माध्यमिक विद्यालय यसअघि नै बन्द भइसकेका छन्।

तपाईको प्रतिक्रिया