बेलायतमा बालबालिकामाथि छुरा आक्रमण, तीनको मृत्यु
उत्तरी इंग्ल्यान्डमा सोमबार बालबालिकाको नृत्यकक्षामा भएको छुरी आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीले आक्रमणमा सात वर्षीया एलसी डोट स्ट्यानकोम्बी, नौ वर्षीया एलिस डासिल्भा एगुइयर र ६ वर्षीया बेब किङ मारिएको जनाएको छ ।
आक्रमणमा थप आठजना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । मर्सिसाइड प्रहरीका चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये पा...