झापाको शिवसताक्षी नगरपालिका वडा नंम्बर ११ प्रणामी मन्दिर उत्तर निवासी ४५ वर्षीय गणेश घिमिरेको बुबाको क्रिया गर्दा गर्दै निधन भएको छ ।
सडक दुर्घटनामा परी बुबा दिलबहादुर घिमिरेको गएको श्रावण ७ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनको ८ औं दिनको काम गर्दा गर्दै जेठा छोरा गणेश घिमिरेको निधन भएको पारिवारले जनाएको छ । काजक्रिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार टिचिङ अस्पताल विराटनगर लगिएको थियो । सोमबार उनको उपचारकै क्रममा मृत्युको खबरले घिमिरे परिवार थप शोकमा डुबेको छ । परिवारका अनुसार घिमिरेको आज कनकाई माईमा अत्यष्टि गरिने छ ।

तपाईको प्रतिक्रिया