मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना
काठमान्डाैं / मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनिया...

रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप

रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप
इटहरी / टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्या...

संसदमा पनि उठ्यो रवि लामिछानेका लागि आवाज

संसदमा पनि उठ्यो रवि लामिछानेका लागि आवाज
पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि टेलिभिजन प्रस्तोता रवि लामिछाने प*क्राउ परेपछि चितवनका सडकमा पाँच दिनदेखि भइरहेको गतिविधिप्रति  मंगलबार प्रतिनिधिसभामा सांसदहरुले पनि प्रश्न उठाएका छन् । उनीहरुले लामिछाने प*क्राउ परेपछि उत्पन्न परिस्थितिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिर...

सिंहदरबारभित्रै एक व्यक्ति मृत फेला

सिंहदरबारभित्रै एक व्यक्ति मृत फेला
काठमाडौं / सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा मृत भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका रहेकाे छ । थप बिवरण आउन बाँकि छ ।

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै
काठमान्डाैं / निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको छ । ...

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअ...

मोरङको बूढीगंगामा अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट,

मोरङको  बूढीगंगामा अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट,
मोरङ / बूढीगंगा  गाउँपालिका–४ पोठियाका १७ वर्षीय यूवकलाइ अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट गरेकाे भिडियो सार्वजनिक भएको छ । मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि नउसादमाथि बूढीगंगा–४ का सादीर मियाँ, अंसद मियाँ, अफजल मियाँ र बूढीगंगा–५ का आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको भिडियाे सार्वजानिक भएकाे हाे । प्रहरीका अनुसार घटनामा...

दलितहरुले पुरानो सोच त्याग्नु पर्दछ : मुख्यमन्त्री राउत

दलितहरुले पुरानो सोच त्याग्नु पर्दछ : मुख्यमन्त्री राउत
जनकपुरधाम / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुलाई अधिकार प्राप्तीको लागि पुरानो सोच त्याग्नु पर्ने बताउनु भएको छ । दलित महिला संघद्वारा आज जनकपुरमा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेश स्तरीय सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढनु पर्ने आवश्यकता औल्याउनु भयो । शिक्षामा पछि परेकै कारण ...

वर्तमान सरकार पाँच वर्ष रहन्छः नेकपाका अध्यक्ष दाहाल

वर्तमान सरकार पाँच वर्ष रहन्छः नेकपाका अध्यक्ष दाहाल
जनकपुरधाम / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अव...

श्रीमानकाे हत्याराबाट पैसा असुल्ने एक महिला पक्राउ

श्रीमानकाे हत्याराबाट पैसा असुल्ने  एक  महिला  पक्राउ
भोजपुर / श्रीमानकाे हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ ...