काभ्रेमा नगदसहित ८ जना जुवाडे पक्राउ
काभ्रेको पनौतीबाट जुवा तास खेल्ने ८ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
पनौती नगरपालिका–९ को नौबिसे फाटमा रहेको एक फर्निचरमा जुवातास खेलिरहेका ८ जनालाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्...











