कसरी हुन्छ कोठामा सामुहिक निधन ? चिकित्सकको भनाइ यस्तो छ हेर्नुहोस्
काठमाण्डौ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पुगे । राति खाना खाएर सुतेका उनीहरुमध्ये एउटै कोठामा सुतेका ८ जनाको मृत्यु भयो। चिसो कोठा तताउन ग्यास बालेर सुतेका उनीहरुको अक्सिनज अभावले मृत्यु भएको प्रहरीले जनाएको छ । कोठामा सुतेका आठैजना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरुका शवमा कुनै चोटपटक देखिएको छैन। पोष्ट मार्टमका लागि आठै शव फरेन्सिक...











